दफा १४५
वारिस हुने व्यक्तिको योग्यता
देहायको योग्यता पुगेको व्यक्ति वारिस हुन सक्नेछः–
(क) कानून बमोजिम करार गर्न योग्य,
(ख) फैसला बमोजिम सरकारी बिगो, फैसला कार्यान्वयन गरे बापत अदालतलाई तिर्नु पर्ने कुनै दस्तुर, अदालती शुल्क वाकुनै दण्ड वा जरिबाना तिर्न बाँकी नरहेको,
(ग) कीर्ते, जालसाजी वा भ्रष्टाचार वा नैतिक पतन देखिने कसूरमा सजाय नपाएको ।तर यस खण्डमा लेखिएको कुनै कुराले एकासगोलको व्यक्तिलाई वारिस नियुक्ति गर्न बाधा पुर्‍याउने छैन ।